माओवादीबाट नारायणकाजी उपप्रधानमन्त्री बन्ने

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार १२:१६ गते

हेटौंडा|नेकपा माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई  उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ।

सोमबार बिहान पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। श्रेष्ठ राष्ट्रिय सभाका सांसद हुन्।

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार अपराह्न ४ बजे राष्ट्रपतिसमक्ष सपथ लिँदैछन्। यससँगै श्रेष्ठलगायत मन्त्रीहरूको शपथ हुनेछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*