हेटौंडा| पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
सोमबार बिहान साढे ५ बजे निस्दी गाउँपालिका-७ पिपेन्डिस्थित सर्वोत्तम चुनढुंगा खानी नजिकै सुनवल भित्री कच्ची सडकमा टिपर दुर्घटना भएको हो।
टिपर दुर्घटनामा सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
हावा भर्न रोकेको ग २ ख ०७६९ नम्बरको टिपर अचानक गुडेर पार्किङमा रहेको ग २ ख ०७७१ नम्बरको टिपरसँग ठोक्किएको थियो।
ठोक्किँदा सुर्खेत चिनगाड गाउँपालिका-६ बस्ने जितबहादुर चलाउने दुई टिपरबीच च्यापिँदा घटनास्थलमै मृत्यु भएको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सेयर गर्नुहोस्


















