कमल थापाले दिए प्रचण्डलाई बधाई

हेटौंडा टुडे
२०७९ पुष ११, सोमबार १५:३८ गते

 हेटौंडा| राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीमा नियुक्त भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

उनले मुलुकमा विद्यमान सङ्कट समाधानमा यो पटक सफल हुनुहोस् भनेर प्रचण्डसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत शुभकामना दिएका छन् ।

थापाले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री हुनुभएकोमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई। साथै, नयाँ गठबन्धन बनाएर नेकपा(एमाले)लाई राष्ट्रिय राजनीतिको केन्द्रबिन्दुमा राख्न सफल हुनुभएकोमा केपी शर्मा ओलीलाई पनि बधाई । मुलुकमा विद्यमान सङ्कट समाधानमा यो पटक सफल हुनुहोस् । दुवैलाई शुभकामना ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*