मकवानपुरमा डेंगु संक्रमित ५ हजार ८५५ पुग्यो

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार ११:२६ गते

हेटौंडा| मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८५५ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि आईबारसम्मको हो । जसमा ३ हजार २०४ जना पुरुष र २ हजार ६५१ जना महिला रहेका छन् ।

जिल्लाको १० स्थानीय तहमध्ये सबैभन्दा धेरै डेंगु संक्रमित हेटौंडा उपमहानगरपालिकामा रहेका छन् । जसअनुसार, हेटौंडा उपमहानगरपालिकामा २ हजार ३९२ जना पुरुष र १ हजार ९४८ जना महिला गरी ४ हजार ३४० जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै, डेंगु संक्रमण पुष्टि हुनेमा मनहरी गाउँपालिकामा ५४९ जना पुरुष र ५०१ जना महिला गरी १ हजार ५० जना, थाहा नगरपालिकामा १०८ जना पुरुष र ६७ जना महिला गरी १७५ जना, मकवानपुरगढी गाउँपालिकामा ४५ जना पुरुष र ३५ जना महिला गरी ८० जना, बागमती गाउँपालिकाका ४ जना पुरुष र ४ जना महिला गरी ८ जना रहेका छन् ।

यसैगरी, इन्द्रसरोवर गाउँपालिकाका एक जना पुरुष र २ जना महिला गरी ३ जना, कैलाश गाउँपालिकाका ५ जना पुरुष र ३ जना महिला गरी ८ जना, भीमफेदी गाउँपालिकामा ३१ जना पुरुष र २८ जना महिला गरी ५९ जना, बकैया गाउँपालिकामा १८ जना पुरुष र २८ जना पुरुष गरी ४६ जना, राक्सिराङ गाउँपालिकमा १९ जना पुरुष र ६ जना महिला गरी २५ जना, हाल ठेगाना नखुलेका १७ जना पुरुष र १८ जना महिला गरी ३५, अन्य जिल्लाका १५ जना पुरुष र ११ जना महिला गरी २६ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा उक्त संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*