जिल्ला प्रशाासन कार्यालयद्वारा स्वास्थ्य सतर्कता अपनाउन आग्रह

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार १२:२६ गते

 हेटौंडा । जिल्ला प्रशाासन कार्यालय मकवानपुरले जिल्लावासीहरुलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै प्रशासन कार्यलयले छिमेकी देशमा कोभिड –१९ को नयाँ भेरिएन्ट देखापरेकाले स्वास्थ्य सतर्कता अपनाउँन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेद्वारा जारी विज्ञप्तीमा पछिल्लो समय नेपालमा कोभिड –१९ को संक्रमण कम भएपनि छिमेकी देशहरु भारत र चीनमा कोभिड–१९ को नयाँ भेरिएन्ट देखापरेकोले त्यसको असर नेपालमा समेत पर्नसक्ने भएकोले सावधानी अपनाउँन आग्रह गरिएको छ  ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले कोभिडको संक्रमणबाट बच्न अपनाउँनुपर्ने स्वास्थ्यका सबै मापदण्ड पालना गर्न आग्रह गरेका छन् । उनले बढी भीडभाड हुने स्थानमा नजाने, सार्वजनिक स्थानहरुमा जानैपरे पनि अनिवार्यरुपमा मास्क तथा स्यानिटाईजरकोे प्रयोग गर्ने, एक अर्कामा भौतिक दूरी कायम गर्ने जस्ता मापदण्ड पालना गर्न आग्रह गरेका छन् ।
यस्तै विज्ञप्ती मार्फत प्रशासनले कोभिड विरुद्धको खोपको बुस्टर डोज लगाउन बाँकी भए तत्काल नजिकैको स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन समेत आग्रह गरिएको छ  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*