पुस २५ गतेका लागि संघीय संसद्‍‌को बैठक आह्वान

हेटौंडा टुडे
२०७९ पुष १२, मंगलवार १६:३९ गते

हेटौडा ।  राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसद्‍ अधिवेशन आह्वान गरेकी छन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संसद्‍ भवनमा संघीय संसद्‍को अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।मंसिर ४ गते भएको निर्वाचनपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक पहिलो पटक बस्न लागेको हो । यसपटक प्रतिनिधिसभामा १२ राजनीतिक दल र ४ स्वतन्त्र सांसदको प्रतिनिधित्व रहने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*