निवर्तमान प्रधानमन्त्री देउवा बालुवाटारबाट धुम्बाराही सरे

हेटौंडा टुडे
२०७९ पुष १३, बुधबार १३:२८ गते

हेटौंडा| निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट धुम्बाराहीस्थित भाडाको नयाँ घरमा सरेका छन् ।

बूढानिलकण्ठमा रहेको आफ्नो नीजि निवासमा पुनःनिर्माणको काम जारी रहेकाले त्यहाँ अहिले बस्न नमिलेका कारण उनी भाडाको घरमा सरेका हुन् ।

उनी उक्त भाडाको घरमा केही समय बस्ने बताइन्छ । उक्त घर मंगलबार मात्र भेटिएको थियो ।

चार दिनअघि गत आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले भाडाको घर खोजिरहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*