उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालयको संयोजकमा दीपक बोहरा नियुक्त

हेटौंडा टुडे
२०७९ पुष १४, बिहीबार १४:२३ गते

हेटौंडा| उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको सचिवालयको संयोजकमा दीपक बोहरा नियुक्त भएका छन्।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले बिहीबार बोहरालाई नियुक्त गरेका हुन्।

बोहरा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य हुन्।

उनले लामो समयदेखि लामिछानेको निकट सहयोगी भएर काम गर्दै आएका छन्।

लामिछानेले सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रम चलाउँदा बोहरा प्रोड्युसर थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*