कोरोना संक्रमण फेरि बढ्न थाल्यो

हेटौंडा टुडे
२०७९ पुष १४, बिहीबार १६:५६ गते

हटौंडा| कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्‍ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो ।

यस्तै बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन् ।

यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जना कोरोनाका संक्रिय संक्रमित थिए । यस्तै सोमबार १ जनामा कोरोना संक्रमित थिए भने १० जना कोरोनाका सक्रिय संक्रमित थिए ।

बिहीबार १३ हजार ३३८ जनाले खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*