हेटौंडा । बागती प्रदेश सभाको पहिलो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत पौष १४ गते बागमती प्रदेश सभाको पहिलो बैठक आव्हान गरेका थिए ।
आज बस्ने अधिवेशनको अध्यक्षता प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले गर्नेछन् । आजबाट अधिवेशन सुरुभएसँगै प्रदेश सभाका सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ ।
संविधानको धारा १८२ अनुसार पहिलो बैठक बसेको मितिले १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।
सेयर गर्नुहोस्





















