मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष १९, मंगलवार १०:५० गते

हेटौंडा | काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–८ गोल्फुटारमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बा ४४ प २४२२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने अन्दाजी १९ वर्षीय स्वयत कुमार साह रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका साहको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मोटरसाइकलमा तीन जना सवारी थिए । मोटरसाइकलमा पछाडी सवार दुई जना भने सकुशल रहेका छन् । उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान भइ्रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*