तराईका धेरै भू-भागहरूमा हुस्सु लाग्ने

हेटौंडा टुडे
२०७९ पुष २२, शुक्रबार १२:१३ गते

हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो शितलहर लागिरहेको छ।

शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*