बानेश्वरमा रहेको संघीय संसद भवनमा सर्वदलीय बैठक सुरु

हेटौंडा टुडे
२०७९ पुष २२, शुक्रबार १३:३४ गते

हेटौंडा| बानेश्वरमा रहेको संघीय संसद भवनमा सर्वदलीय बैठक सुरु भएको छ। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले पहिलो बैठकका लागि एजेन्डा तय गर्न आज बैठक बोलाएका हुन्।

संसदको पहिलो बैठक पुस २५ गते बस्दैछ। सोही बैठकको एजेन्डा तय गर्न विभिन्न दलका सचेतक र संसदीय दलबाट प्रतिनिधिहरु सहभागी छन्। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत, सभामुख र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ। प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिँदैछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*