हेटौंडा| रुपन्देहीको कञ्चन गाउँपालिका-४, क्षेत्री टोलमा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको छ ।
कपिलवस्तुको वाणगंगा-१०, गोगापुरका ५५ वर्षीय घुराहप्रसाद थारुको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।
भीमकुमार काउचाको घरको तेस्रो तलाको ढलाइका लागि सटरिङ्ग गर्ने क्रममा फलामको छडले विद्युतको हाइटेन्सन तारमा छुदा थारुको करेन्ट लागेर मृत्यु भएको हो ।
चौधरीको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्


















