मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १४:५२ गते

हेटौंडा| रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मा गएराति मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय विशेष बुढाथोकी भनिने श्याम गोतामे रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो।

वुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २५ प ८४२५ नम्बरको मोटरसाइकल गएराति पौने १२ बजे अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*