ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

हेटौंडा टुडे
२०७९ पुष २३, शनिबार १६:३५ गते

हेटौंडा| ब्यास गाउँपालिका–५ धौलाकोट नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ब्यास गाउँपालिका सुन्सेराबाट हिकिलातर्फ आउने क्रममा शुक्रबार राति ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीका अनुसार म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटनामा दुहु गाउँपालिका–२ हिकिलाका ४३ वर्षीय लोकेन्द्रसिंह बडालको मृत्यु भएको हो । शुक्रबार राति करिब साढे ९ बजेतिर ट्याक्टर दुर्घटना भएको स्थानीयले बताएका छन् ।

ट्याक्टर दार्चुला–तिंकर सडक खण्डबाट करिब ७ मिटर तल खसेको छ । ट्याक्टर मालिकसमेत रहेका बडाल आफैंले चलाउँदा शुक्रबार राति ट्याक्टर दुर्घटनामा परेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*