हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा विश्वासकाे मत मागेका छन् । केहीबेरअघि सुरु भएकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत दिन सबै राजनीतिक दलका तथा स्वतन्त्र सांसदसँग आग्रह गरेका हुन् ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) , राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समेत समर्थनमा १० पुसमा प्रधानमन्त्री नियुक्त भएका दाहालले विश्वासको मत लिन लागेका हुन् ।
सेयर गर्नुहोस्





















