चिनियाँ तीन नागरिक औषधि तस्करी गरेको आरोपमा पक्राउ

हेटौंडा टुडे
२०७९ पुष २६, मंगलवार १५:०४ गते

हेटौंडा| औषधि तस्करी गरेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन चिनियाँ नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा २९ वर्षीय लिख वाङ, २८ वर्षीया चङ स्यावयू र २९ वर्षीया थाङ सानसान रहेका छन्।

थाइ स्माइलको उडानमार्फत बैंकक जान लागेका उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूले १०० एमजीको ६ सय पत्ता रिटोनविअ औषधि लैजान लागेका थिए। उनीहरूले सो औषधि कुन प्रयोन‍जनका लैजान लागेका थिए भन्ने खुल्न सकेको छैन।

विमानस्थलको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त औषधि फेला परेको स्रोतले बताएको छ। यो औषधि एचआइभीविरुद्ध प्रयोग गरिन्छ। उनीहरूमाथि प्रहरीले अनुसन्धान गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*