बागमती प्रदेशको सभामुख पदको लागि आज उम्मेदवारी दर्ता

हेटौंडा टुडे
२०७९ पुष २८, बिहीबार ११:४१ गते

हेटौंडा । बागमती प्रदेश सभाको सभामुख पदको लागि आज उम्मेदवारी दर्ता हुँदै छ ।   प्रदेश सभा सचिवालयले दिएको जानकारीअनुसार बिहीबार बिहान १०ः३० बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ। दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।
यसैगरी, आजै अपराह्न ४ बजेभित्र सभामुख पदको उममेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

सभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।
बागमती प्रदेश सभामा अहिले कांग्रेसका ३७, नेकपा ९एमाले० का २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा ९एकीकृत समाजवादी० का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई गरी एक सय १० जना प्रदेश सभाका सदस्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*