हेटौडा । प्रदेश १ को सभामुखमा नेकपा माओवादी केन्द्र का प्रदेश सभा सदस्य बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन्। प्रदेश सभाको प्रथम अधिवेशनको तेस्रो बैठकले प्रदेश सभा नियमावली, २०७४ ९पहिलो संशोधन समेत०को नियम ७ बमोजिम सभामुखमा गौतम निर्वाचित भएको ज्येष्ठ सदस्य गयानन्द मण्डलले जानकारी दिए।
सभामुख पदका लागि माओवादीका तर्फबाट गौतमको मात्र उम्मेदवारी परेको थियो। उनको प्रस्तावकमा प्रदेश सभा सदस्य रेवतीरमण भण्डारी तथा समर्थकमा प्रदेश सभा सदस्य नारायणबहादुर मगर, गोपालबहादुर विश्वकर्मा र कमलप्रसाद जवेगु रहेका थिए।
सेयर गर्नुहोस्





















