कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ विजयी

हेटौंडा टुडे
२०७९ माघ १, आईतवार १४:१९ गते

हेटौंडा| कर्णाली प्रदेशको सभामुखमा नेकपा एमालेकी सांसद नन्दा गुरुङ विजयी हुनुभएको छ ।

आज आइतवार भएको मतदानमा गुरुङले २४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गर्नुभएको प्रदेश सभा सचिवालयले जनाएको छ । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा माओवादी केन्द्रको १३ र राप्रपाको एक मत प्राप्त भएको छ ।

४० सदस्यीय प्रदेश सभामा ३८ जनाले मतदानमा भाग लिएका थिए । सुर्खेतकी गुरुङ समानुपातिक कोटाबाट सांसद बन्नुभएको हो । सत्तारूढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*