हेटौंडा| प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।
विशिष्ट टोली जाँदा उद्धारमा समस्या आउने भएको कारण स्थगित भएको सचिवालयले जनाएको छ ।
गृहमन्त्री रवि लामिछानेका अनुसार आफूहरू जाँदा उद्धार प्रभावित हुन सक्ने देखिएकाले नजाने निर्णय गरिएको हो । उनि भन्छन्, प्रधानमन्त्री, मन्त्रीहरू गइसकेपछि भिडभाड होला, असहज होला र नियन्त्रण गर्न गाह्रो होला भनेर नजाने निर्णय गरेका छौँ ।
प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरमा पोखरातर्फ जाने कार्यक्रम तय भएको थियो ।
तर अन्तिममा पोखरा जाने कार्यक्रम स्थगित भएको छ ।
सेयर गर्नुहोस्


















