राप्रपाका मन्त्रीहरू पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगे

हेटौंडा टुडे
२०७९ माघ ३, मंगलवार १६:०४ गते

हेटौंडा| रापपाबाट मन्त्रीमा नियुक्त भएकाहरू पद तथा गोपनीयताको शपथ लिएपछि पशुपतिनाथ मन्दिर पुगेका छन् ।

उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह शपथ लिए लगतै पशुपतिनाथ मन्दिर दर्शन गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासबाट राप्रपाका मन्त्रीहरू पशुपतिको दर्शन गरेका हुन् ।पशुपति मन्दिर दर्शनपछि उनीहरू आआफ्ना मन्त्रालयमा पदबहाली गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*