हेटौंडा| सभामुख चयनको बारेमा निर्णय लिन नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बुधबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने भएको हो ।
बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए ।
सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ ।
प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ ।
सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।
सेयर गर्नुहोस्






















