हेटौंडा| सभामुख चयनका लागि प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।संघीय संसद् भवन नयाँ बानेश्वरमा ११ बजेदेखि बसेको बैठकले नयाँ सभामुखको निर्वाचन गर्दैछ ।
सभामुख चयनका लागि बुधबार मनोनयन दर्ता भएको छ । सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरी न्यौपाने उम्मेद्वार रहेका छन् ।
बैठकको सुरुआतमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया थालिनेछ ।
सेयर गर्नुहोस्






















