हेटौंडा| उपसभामुखबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको बैठक बस्दैछ ।
बैठक आज बिहान साढे ९ बजे रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
सत्तारुढ गठबन्धनबिच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ । जस अनुसार रास्वपाको संसदीय दलको बैठकले उपसभामुख हुने व्यक्तिको टुंगो लगाउने छ ।
रास्वपाभित्र सोविता गौतमलाई उपसभामुखको दाबेदारका रुपमा लिइएको छ ।
सेयर गर्नुहोस्






















