सभामुख देवराज घिमिरेले त्यागे एमालेको सदस्यता

हेटौंडा टुडे
२०७९ माघ ६, शुक्रबार ११:५५ गते

हेटौंडा| सात दलीय गठबन्धनको एमाले कोटाबाट बिहीबार सभामुख निर्वाचित भएका देवराज घिमिरेले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

शुक्रबार विज्ञप्ति जारी गर्दै उनले सभामुखमा रहँदा स्वतन्त्र, निष्पक्ष र साझा भूमिका वहन गर्नुपर्ने भएकाले एमालेमा रहँदाका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।

सभामुख निर्वाचन हुनुअघि एमाले स्थायी कमिटी सदस्य र पार्टीको प्रदेश १ इन्चार्जसमेत घिमिरेले पार्टी सदस्यतासमेत त्यागेको उल्लेख गरेका छन्। घिमिरेले आजै पद तथा गोपनीयताको सपथ लिएपछि सभामुखको कामकाज सम्हाल्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*