नेपाली कांग्रेसबाट मुक्ता यादव उपसभामुख उम्मेदवार

हेटौंडा टुडे
२०७९ माघ ६, शुक्रबार १३:०१ गते

हेटौंडा| नेपाली कांग्रेसले उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले समानुपातिक सांसद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

विपक्षी दलको समर्थनमा कांग्रेस उपसभामुख उम्मेदवार उठाउने भएको हो । कांग्रेसले सभामुखमा पनि उम्मेदवारी दिएको थियो । तर, कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेको प्रस्ताव मत विभाजनसम्मै पुग्न सकेको थिएन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*