राष्ट्रपति भण्डारीद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त

हेटौंडा टुडे
२०७९ माघ ८, आईतवार ११:०९ गते

हेटौंडा| राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होसार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् ।
सोनाम ल्होसारको अवसरका शुभकामना सन्देश दिँदै सोनाम ल्होसार पर्वले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी हुन् ।
तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएको उल्लेख गरेकी छन् ।
सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न यस पर्वले सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*