गण्डकी प्रदेशमा ५ मन्त्रालय घटाइयो

हेटौंडा टुडे
२०७९ माघ ९, सोमबार १२:२४ गते

हेटौडा । गण्डकी प्रदेशमा १२ मन्त्रालयबाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसहित आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूको छलफलमा १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाइएको हो ।

छलफल अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछन् ।

बेलुकासम्म मन्त्रालयको भागबन्डा गरेर मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ । यसअघि पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय बनाएका थिए । उक्त मन्त्रालयलाई घटाउँदै मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारले ७ वटामा झारेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*