माओवादीबाट बागमती प्रदेशको तीनजना मन्त्री बन्ने

हेटौंडा टुडे
२०७९ माघ ११, बुधबार १२:५२ गते

हेटौंडा|बागमती प्रदेशको मन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) बाट तीन जनको नाम टुंगो लागेको छ । मन्त्रीका लागि मकवानपुरबाट कुमारी मोक्तान, सिन्धुपाल्चोकबाट युवराज दुलाल र सिन्धुलीबाट गंगानारायण श्रेष्ठको नाम टुंगो लागेको हो ।

माओवादीले आन्तरिक मामिला,भौतिक योजना र सामजिक विकास मन्त्रालय पाउने छ । त्यसमध्ये श्रेष्ठलाई आन्तरिक मामिला, दुलाललाई भौतिक योजना र मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*