राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डीपी अर्याल

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार १०:५८ गते

हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद डीपी अर्याल चयन भएका छन् ।
शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।
सर्वोच्च अदालतले पार्टी सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेपछि पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*