रवि लामिछानेले आजबाट नागरिकता लिने प्रक्रिया थाल्ने

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार ११:३१ गते

हेटौडा । रवि लामिछानेले नागरिकता लिने तयारी गरेका छन् । आज आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्ने बताइएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछाने नागरिकता लिने प्रयोजनका लागि आज कार्यालयमा आउने जानकारी प्राप्त भएको जनाएको छ ।लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन् । यसबारे मुद्दा परेपछि गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरिदिएको थियो ।

लामिछानेको उपप्रधान मन्त्री तथा गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, चितवन २ बाट निर्वाचित सांसद र रास्वपा संसदीय दलको नेता सबै पद खारेज भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*