मेयर बालेन साहविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन

हेटौंडा टुडे
२०७९ माघ १५, आईतवार १६:५३ गते

हेटौंडा| काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ ।

आइतबार काठमाडौंका विभिन्न स्थानका बासिन्दाले माइतीघरमा भेला भएर महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैनलगायत नारा अंकित प्लेकार्ड बोकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*