हेटौंडा| रवि लामिछाने राष्ट्रि स्वतन्त्र पार्टीको पुन: सभापति बनेका छन्। आज बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई पुन: सभापति चयन गरेको हो।
निवर्तमान उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछाने नागरिकता पुन: प्राप्तिपछि केन्द्रीय समितिको बैठकमा पुगेका थिए। नागरिकता प्राप्तिमा प्रक्रिया पूरा नगरेको फैसलासँगै उनले मन्त्री पदका साथै पार्टीको सभापतिबाट पनि राजीनामा दिएका थिए।
आज जिल्ला प्रशासन कार्यालयबाट नागरिकता पुन: प्राप्त गरेसँगै पार्टीले उनलाई पुन: सभापतिमा चयन गरेको हो। उनी आजै राहदानी विभागमासमेत पुगेका छन्।
पुरानै नागरिकताबाट राहदानी प्राप्त गरेका लामिछानेले विभागमा पुगेर त्यसको अपडेट प्रक्रियाका बारेमा जानकारी लिएका छन्। उनी फर्किन ढिलो भएपछि ३ बजेका लागि राखिएको केन्द्रीय समितिको बैठक पनि केही ढिलो सुरु भएको थियो।






















