रास्वपा ले गृहमन्त्रालय नपाए सरकारबाट बा‍हिरिने

हेटौंडा टुडे
२०७९ माघ १७, मंगलवार ११:५८ गते

हेटौडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले गृहमन्त्रालय नपाए सरकारबाट बा‍हिरिने तयारी थालेको छ।

आइतबार नेपाली नागरिकता लिएपछि पुनस्गृहमन्त्री बन्ने दौडधूपमा लागेका रास्वपा सभापति रवि लामिछानेले मंगलबार बिहान पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए।भेटमा गृहमन्त्रालयका लागि प्रधानमन्त्री दाहाल सकारात्मक नभएपछि रास्वपाले सरकारबाट बाहिरिने तयारी थालेको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार लामिछानेको नागरिकता विवादका कारण माओवादीका केही नेता उनलाई पुनस्गृहमन्त्रालय दिन तयार नभएको र बिहानको छलफलमा पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल सकारात्मक थिएनन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*