मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

हेटौंडा टुडे
२०७९ माघ १७, मंगलवार १२:३९ गते

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देविप्रसाद ढकाल नियुक्त भएका छन् ।

आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भक्तपुर नगरपालिका-१० निवासी ढकाललाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*