कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक सुरु

हेटौंडा टुडे
२०७९ माघ १९, बिहीबार १०:३३ गते

हेटौडा । नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा बैठक सुरु भएको हो ।देउवा निवास धुम्बाराहीमा चलिरहेको बैठकमा संसदीय दलका नेता, प्रमुख सचेतक र महामन्त्रीलगायत सहभागी छन् ।

कांग्रेसका एक नेताले बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उम्मेदवारबारे छलफल हुन लागेको जानकारी दिए । राष्ट्रियसभा उपाध्यक्षका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ । तत्कालीन उपाध्यक्ष शशीकला दाहालको कार्यकाल ०७८ फागुन २० मा सकिएपछि रिक्त पदमा एक वर्षपछि निर्वाचन हुन लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*