एमाले बागमती प्रदेशको प्रमुख सचेतकमा सांसद मधुसुदन पौडेल नियुक्त

हेटौंडा टुडे
२०७९ माघ २०, शुक्रबार १५:४३ गते

हेटौंडा  । बागमती प्रदेशको नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकमा सांसद मधुसुदन पौडेल नियुक्त भएका छन् । उनलाई दलका नेता जगन्नाथ थपलियाले प्रमुख सचेतकमा नियुक्त गरेको संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

पौडेल ललितपुर १ को १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पौडेल नेकपा (माओवादी केन्द्र) का हरि दाहाललाई पराजित गर्दै प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । पौडेलले ११ हजार २९९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी रहेका दाहालले ८ हजार ६५६ मत प्राप्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*