राप्रपा निर्देशन समितिको बैठक

हेटौंडा टुडे
२०७९ फाल्गुन ४, बिहीबार १४:३७ गते

हेटौंडा|राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्देशन समितिको बैठक आज बस्दैछ ।

पार्टी पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको समितिको बैठक बस्न लागेको हो ।

पार्टी उपाध्यक्ष बुद्धिमान तामाङका अनुसार केहीबेरमा सुरु हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण र छलफल हुनेछ ।

यो समितिलाई पार्टीको नीतिगत निर्णय गर्ने, मन्त्रिपरिषद् सिफारिस, राजनीतिक नियुक्तमा पार्टीबाट सिफारिस गर्ने अधिकार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*