हेटौंडा|चुनावअघि कायम रहेको पुरानो गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुको बैठक बोलाइएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरुको बैठक बोलाइएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आजै चार दलका नेताको बैठक बोलाइएको बताएका छन् ।
५ बजे बोलाइएको उक्त बैठकअघि ३ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई बोलाएका छन् ।
सेयर गर्नुहोस्






















