दुर्घटना अपडेट: स्कुटर चालक लामाको पनि मृत्यु, मृतकको सख्यां दुई पुग्यो

हेटौंडा टुडे
२०७९ फाल्गुन २४, बुधबार १६:३२ गते

हेटौंडा ।  हेटौंडा १७ मा मोटरसाईकल र स्कुटि एक आपसमा ठोकिएर दुर्घटना हुदा मृत्यु हुनेको सख्या २ पुगेको छ । हेटौंडा १८ मा आज  भएको दुर्घटनामा परि हेटौंडा १७ रामधुनि बस्ने अन्दाजि बर्ष १८ को अर्जुन बोम्जनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको छ । साथै स्कुटर चालक नुवाकोटको ककनी-४ की २७ वर्षिया जिना लामाको थप उपचारको क्रममा चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते मोटरसाइकलमा सवार हटिया रामधोनी बस्ने १६ वर्षिय सुजन घलानको हेटौँडा अस्पतालमा र स्कुटरमा सवार बागमती गाँउपालिका वडा नम्बर –८ शान्तिनगर बस्ने वर्ष २५ की ललिता मगरको भरतपुरमा उपचार भइरहेको जनाइएको छ।

हेटौंडा बजारबाट फुर्केचौर तर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र फुर्केचौरबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०५ प ७११ नम्बरको स्कुटर आज हेटौंडा १७ कठायत चोकमा ठोक्किएर दुर्घटना भएको थियोे ।

यो पनि पढ्नुहोस

हेटौंडामा मोटरसाइकल दुर्घटना, चार घाईते एकको अबस्था गम्भीर

दुर्घटना अपडेट : एक जनाको मृत्यु, दुई जनालाई चितवन रिफर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*