प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको पेसी सर्‍यो

हेटौंडा टुडे
२०७९ फाल्गुन २५, बिहीबार १६:५२ गते

हेटौंडा| प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिट सुनुवाइको पेसी सरेको छ ।

न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा रहेको पेसी हेर्न नभ्याउने हुँदै भोलिका लागि सरेको हो । निवेदक कल्याण बुढाथोकीले आज सुनुवाइ नहुने र भोलि पेसीको जानकारी पाएको बताए ।

न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास चलिरहेकाले हेर्न नभ्याउने भएको हो । प्रचण्डविरुद्ध दायर भएको रिट ‘घ’ नम्बरमा पेसी रहेको थियो । अधिवक्ता ज्ञानेन्द्रराज आरण र बुढाथोकीसहितले प्रधानमन्त्रीविरुद्ध रिट दायर गरेका थिए ।

सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएकामध्ये ५ हजारको जिम्मा आफूले लिने बताएपछि प्रधानमन्त्रीविरुद्ध उनीहरुले रिट दायर गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*