राष्ट्रपति विद्यादेवी भण्डारी बिदाइ

हेटौंडा टुडे
२०७९ फाल्गुन २९, सोमबार १५:१० गते

हेटौंडा | निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी दुई कार्यकाल पूरा गरी शीतलनिवासबाट बिदा भएकी छन्।

सोमबार शीतलनिवासमै पद तथा गोपनीयताको सपथ लिएका राष्ट्रपति रामचन्द्र पौडेलले निवर्तमान राष्ट्रपति भण्डारी सवार गाडीमै पुगेर बिदाइ गरेका हुन्।

निवर्तमान राष्ट्रपति भण्डारीलाई सेनाले २१ तोपको सलामी दिएर बिदाइ गरेको छ। राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुने संवैधानिक व्यवस्था छ। भण्डारी बालुवाटारस्थित छोरीको घरमा सर्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*