उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशका राजदूतबिच शिष्टाचार भेट

हेटौंडा टुडे
२०७९ चैत्र २, बिहीबार १५:३० गते

हेटौंडा|  नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले दूरीका हिसाबले बंगलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको बताए । उनले दुवै कम विकसित राष्ट्र भएकाले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*