प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

हेटौंडा टुडे
२०७९ चैत्र १५, बुधबार ११:२२ गते

हेटौंडा | प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच वार्ता जारी छ ।

वार्तामा सरकारले अघि बढाउन चाहेको विधेयकका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन २०७८०७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*