हेटौंडा| राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने भनिएको राष्ट्रिय सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको हो ।
अब अर्को बैठक वैशाख १५ गते शुक्रबार अपरान्ह ४ः०१ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची रहेको थियो ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको थियो ।
सेयर गर्नुहोस्