बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घट्यो

हेटौंडा टुडे
२०८० जेष्ठ १२, शुक्रबार १२:३४ गते

हेटौंडा । बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडा घटेको छ ।

प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकासहित प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै भाडा पनि घटाएको हो ।

आज शुक्रबारदेखि लागू हुनेगरी भाडा घटाइएसँगै हेटौंडा-भीमफेदी-काठमाडौं छोटो दूरीमा चल्ने सवारीको घाडा ६ सय २४ रुपैयाँ कायम गरिएको छ ।

यसअघि ६ सय ५१ रुपैयाँ रहेको भाडा आजबाट २७ रूपैयाँले घटेर ६ सय २४ रुपैयाँ कायम भएको छ ।

काठमाडौं उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक सवारीसाधनमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाइएको मन्त्रालयले जनाएको छ ।

कहाँको भाडा कति ?

प्रदेश_भित्रका_सार्वजनिक_सवारी_साधनको_भाडा_निर्धारण_समायोजन_सम्बन्धी_सूचना(1)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*