अनेरास्ववियुद्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन तथा बिरोध प्रदशन

हेटौंडा टुडे
१८ जेष्ठ २०८०, बिहीबार ११:१०

हेटौंडा । आज हेटौंडाको बुद्वचोकमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन (अनेरास्ववियु ) द्वारा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरि बिरोध प्रदर्शन गरिएको छ ।

रेशम चौधरीको रिहा तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र राष्ट्रघाती नागरिकता विधेयकको विषयलाई लिएर विरोध प्रर्दशन भएको हो । सरकारले राष्ट्रघाती नागरिकता विधेकलाई अनौपचारीक ढङ्गले प्रमाणिकरण गरेको छ । नेपाली भुमि कपिलवस्तु र लुम्बिनीलाई भारतले आफ्नो नक्सामा उतार्ने चेष्टा गर्दा पनि सरकार मोन रहेको पाईन्छ ।

त्यसै गरि राष्ट्रपतिले कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक झडपमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीलाई आममाफि दिएको भन्दै पुत्ला दहन गरि बिरोध जनाएको हो । उक्त कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य एवं विधार्थी इन्चार्ज फुर्वा दोर्जे लामा , अनेरास्ववियु केन्द्रिय सदस्यहरु विशाल पौडेल , भुवन मैनाली लगाएत नेता कार्यकर्ताहरुले सहभागी जनाएको कार्यक्रमलाई जिल्ला सचीव पुष्कर तिमल्सिनाले सहजीकरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*