हेटौडा । हेटौडामा रहेको चुरेहिल अस्पतालमा शनिबार पेट रोगका बिरामीहरुको लागि स्वास्थ्य शिविर हुने भएको छ ।
जस अन्र्तगत पेट दुखिरहने, खाएको खानेकुरा नपच्ने , आन्द्रा सम्बन्धि समस्या , दिशामा रगत आउने , पित्त थैलि सुनिने प्यान्क्रियाज सम्बन्धि समस्या ,
कलेजो सम्बन्धि समस्या भएका बिरामिहरुले स्वास्थ्य जाच लिई मौकाको फाईदा लिन सक्ने कुरा अस्पतालका म्यानेजर रबि थापाले जानकारी दिनु भयो ।
हरेक महिना झै यो साउन महिनाको पहिलो शनिबार यो शिविर गर्न लागेको थापाले जानकारी दिनु भयो ।
साथै हस्पिटलमा जनरल फिजिसियन सेवा हाड जोर्नी सेवा नसा तथा बाथ रोग विशेषज्ञ सेवा न्युरो सर्जरी सेवा जनरल अत्याधुनिक दुरबिन प्रबिधिद्वारा
अपरेसन सेवा सिटिस्क्यान सेवा आई सी यु सेवा इन्डोसकोपि सेवा फिजियोथेरापी सेवा साथै २४ सै घण्टा इमर्जेन्सी सेवा रहको हस्पिटलले जनाएको छ ।





















